३ पुष २०८२, बिहीबार
,
Latest
पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीलाई एक हजार करोड तलब दिन्छन् आईपीएलका १० टोली



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं संस्करण मार्च २२ (शुक्रबार)देखि सुरु हुँदैछ । उद्घाटन खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र चेन्नई सुपर किंग्स (सिएसके)बीच हुँदैछ ।

यस आईपीएलमा खेलाडीको औसत तलब ४ करोड रुपैयाँ छ, जुन शीर्ष क्रिकेट लिगको दोस्रो महँगो खेलाडीको मूल्य बराबर हो ।

आईपीएल टोलीसँग २५ खेलाडीको टोली बनाउन १०० करोडको सीमा हुन्छ । १० टोलीले प्रतियोगिता खेल्छन् अर्थात २५० खेलाडीले अनुपातमा एक हजार करोड रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

पछिल्लो आईपीएल लिलामीले क्रिकेट लिगमा खेलाडीको कमाईको सबै रेकर्ड तोड्यो । अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोडमा किनेको थियो । जुन दुबईको लिग आईएल टी–२० को सबैभन्दा महँगा खेलाडी डेभिड वार्नर (रु. ४.१४ करोड) को मुल्य भन्दा २०.६१ करोड रुपैयाँ बढी हो ।

ट्रिस्टन स्टब्स दक्षिण अफ्रिकी एसए२० लिगका सबैभन्दा महँगा खेलाडी हुन् । उनलाई सनराइजर्सको टोलीले ४.१० करोडमा किनेको छ । यी बाहेक बाँकी लिगमा सबैभन्दा महँगा खेलाडीको मूल्य ३.५० करोड रुपैयाँभन्दा कम छ, जुन आईपीएलको औसत तलब (४ करोड रुपैयाँ) बराबर पनि छैन ।

पीएसएलका सबैभन्दा महँगा खेलाडी शाहीन शाह अफ्रिदी र बाबर आजमको मूल्य १.४० करोड भारु रहेको छ । जुन डब्लुपीएलकी सबैभन्दा महँगो खेलाडी स्मृति मन्धानाभन्दा २ करोड कम हो । मन्धनाको मूल्य ३.४० करोड भारु रहेको छ ।