२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नलाई फिफा क्लब वर्ल्डकपको उपाधी



अ+ अ-

दोहा । बिहीबार बायर्न म्युनिकले टाइग्रेसलाई हराएर फिफा क्लब वर्ल्डकप जितेको छ । बेन्जामिन पभार्डले गरेको एक मात्र गोलमा बायर्नले जित हाँसिल गरेका हो । बायर्न अब यूईएफएकप, जर्मन सुपरकपसँगै नयाँ क्लब विश्व च्याम्पियन पनि भएको छ । यसअघि उसले जर्मन लिग र कपसँगै च्याम्पियन्स लिग पनि जितेको थियो ।

रोबर्ट लेवनडोस्की अफसाइडमा रहेको भन्दै सुरुमा पभार्डको गोलले मान्यता पाएको थिएन । तर पछि त्यसलाई ‘भार’ ले उल्ट्याएको थियो । यसअघि जोसुआ किमिचको गोललाई भने ‘भार’ ले मान्यता दिएको थिएन ।

गत सिजन लिभरपुलले यो उपाधि जितेको थियो । आठ वर्षयता लगातार युरोपकै क्लबले फिफा वर्ल्डकप जित्दै आएका छन् । मेक्सिकोको टाइग्रेस भने फाइनल पुग्ने पहिलो उत्तर तथा मध्य अमेरिकाी टिम बन्यो ।