काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । सुनको मुल्यमा प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
हिजो प्रतितोला रु ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य ६ सय रुपैयाँले घटेर आज (शुक्रबार) छापावाला सुनको मुल्य प्रति तोला रु ९० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला रु ९० हजार ४ सयमा कोरोबार भईरहेको महासंघले जनाएको छ ।
यता चाँदी प्रति तोला रु १३ सय २० रुपैयााँमा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।








