४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : पहाडमा चट्याङसहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । त्यसैको प्रभावले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यत: मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो मधेस र कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट वर्षाको सम्भावना छ । देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशमा आंशिक बदली, मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।