३ पुष २०८२, बिहीबार
,
Latest
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

अश्विनले आईपीएलको उद्घाटन खेलको टिकट नपाएपछि…



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले आईपीएल २०२४ को उद्घाटन खेलको टिकट पाएका छैनन् । सिजनको पहिलो खेल चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच मार्च २२ मा चेन्नईको एमए चिदम्बरम स्टेडियममा खेलिनेछ ।

अश्विन आफैं राजस्थान रोयल्सबाट खेल्छन् तर उनी आफ्ना छोराछोरीका लागि उद्घाटन खेलको टिकट खोजिरहेका छन् ।

अश्विनले टिकटका लागि सामाजिक सञ्जालमा सिएसके व्यवस्थापनलाई अपील गरेका छन् । अश्विनको परिवार चेन्नईमा बस्छ । उनले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन् ‘यो खेलको टिकटको धेरै माग छ । मेरा बच्चाहरू उद्घाटन समारोह र खेल हेर्न चाहन्छन् ।’

आईपीएल टिकट सोमबारदेखि अनलाइन उपलब्ध हुनेछ । पहिलो खेलको टिकट सोमबार बिहान ८ बजेबाट उपलब्ध गराइएको छ । तर टिकट केही समयमै बिक्यो, अश्विनको परिवारले पनि एपबाट टिकट किन्न सकेनन् । त्यसपछि अश्विनले सीएसके व्यवस्थापनलाई अनुरोध गर्नुपर्‍यो ।

चेन्नईले पहिलो चरणको घोषित तालिका अनुसार चार खेल खेल्नुपर्नेछ । जसमा घरेलु मैदान चेपौकमा दुई खेल हुनेछन् । चेन्नईको चेपौकमा खेलाइने खेलका टिकट मात्रै नभएर अन्य स्थानमा सीएसकेले खेल्ने खेलका टिकट पनि बिक्री भइसकेका छन् ।

चेन्नई सुपर किंग्सको पहिलो खेल २२ मार्चमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध चेन्नईमा नै खेलिने छ । दोस्रो खेल गुजरात टाइटन्ससँग मार्च २६ मा चेपौकमा हुनेछ । चेन्नईले आफ्नो तेस्रो खेल दिल्ली क्यापिटल्ससँग मार्च ३१ मा विशाखापट्टनममा र चौथो खेल अप्रिल ५ मा सनराजर्स हैदरावादसँग खेल्नुपर्नेछ ।