१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा जसपा स्थायी समिति सदस्य हवारीलाई नेकपामा स्वागत



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गर्नुभएको हो । 

स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिनुभएको  थियो । बीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशका क्रममा रहनुभएको जानकारी कार्यक्रममा दिइएको छ ।