९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बंगाल टाइगर्सले पहिलो पटक सेलिब्रेटी क्रिकेट लिगको उपाधि जितेर इतिहास रच्यो

बंगाल टाइगर्सले पहिलो पटक सेलिब्रेटी क्रिकेट लिगको उपाधि जितेर इतिहास रच्यो
अ अ+ अ-

एजेन्सी । सेलिब्रेटी क्रिकेट लिग (सीसीएल २०२४) को उपाधि बंगाल टाइगर्सले जितेको छ । फाइनल खेलमा बेङ्गाल टाइगर्सले कर्नाटक बुलडोजरलाई १२ रनले पराजित गरेको थियो ।

बंगाल टाइगर्सले पहिलो पटक सीसीएलको उपाधि जितेर इतिहास रचेको छ । फाइनलअघिका दुई खेलमा कर्नाटक बुलडोजरसँग पराजित भएको बंगाल टाइगर्सले फाइनल जित्दै उपाधि जितेको हो । बंगाल टाइगर्स सीसीएल इतिहासमा पाँचौं विजेता टोली बनेको छ ।

फाइनल खेलमा बंगाल टाइगर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । बंगाल टाइगर्सले पहिलो इनिङ्समा ४ विकेट गुमाएर ११८ रन बनाएको थियो । जेमीले २९ बलको सामना गर्दै अविजित ५७ रन बनाए । बंगाल टाइगर्सले पहिले ब्याटिङ गर्ने निर्णय सही थियो । पहिलो इनिङ्समा बंगालले ४ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

जवाफमा कर्नाटक बुलडोजरले पहिलो इनिङ्समा ७ विकेट गुमाएर ८६ रन बनाउन सक्यो । यससँगै बंगाल टाइगर्सले पहिलो इनिङ्सको आधारमा ३२ रनको अग्रता लिएको थियो । दोस्रो इनिङ्समा बंगाल टाइगर्सले ४ विकेट गुमाएर १०५ रन बनाएको थियो । जेमी ३९ रनको इनिङ खेले ।

यसरी कर्नाटक बुलडोजरलाई १३८ रनको लक्ष्य प्राप्त भयो । जसलाई पछ्याउँदै कर्नाटक बुलडोजरले १२५ रन मात्र बनाउन सक्यो र बंगाल टाइगर्सले सीसीएल २०२४ को उपाधि जित्यो ।

सेलिब्रेटी क्रिकेट लिग सन् २०११ मा सुरु भएको थियो, जसमा धेरै स्टारहरु खेल खेलिरहेका देखिन्छन् । फ्यानहरु पनि स्टारहरुको खेल हेर्न आतुर हुन्छन् । विश्वभर करिब २५ करोड मानिसले सेलिब्रेटी क्रिकेट लिग हेर्छन् ।

सीसीएलमा जम्मा ८ टोलीको सहभागिता रहेको छ । सलमान खान, सोहेल खान, इन्द्रजीत, सोनु सुद, मनोज तिवारी जस्ता फिल्म इन्डस्ट्रीका धेरै दिग्गजहरूले यसमा भाग लिएका थिए ।