काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् काटिने भएको छ। नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्र अनुसार साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो।
शनिबार गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म, साँखु फिडरको शनिबार बिहान ११ देखि दिउँसो २:३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १:३० देखि अपरान्ह ४:३० सम्म विद्युत काटिने जनाएको छ। त्यस्तै कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत बन्द हुने भएको छ ।
सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।








