१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

शताब्दी पुरुष सत्यमोहन र धर्मपत्नी राधादेवीबाट मृत्यपछि शरीर दान गर्ने घोषणा (भिडियोसहित)

शताब्दी पुरुष सत्यमोहन र धर्मपत्नी राधादेवीबाट मृत्यपछि शरीर दान गर्ने घोषणा (भिडियोसहित)
अ अ+ अ-

ललितपुर । वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीबाट चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गर्नुभएको छ ।

नइ प्रकाशनबाट ललितपुरमा शुक्रबार आयोजित  घोषणा सभामा जोशी दम्पतीले आआफ्नो भौतिक शरीर शेषपछि किष्ट मेडिकल कलेजलाई अर्पण गर्नुभएको जानकारी दिनु भयो ।

१०१ वर्षीय शताब्दी पुरुष डा.जोशी र ९६ वर्षीय श्रीमती राधादेवी जोशीको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा उहाँहरूका छोरा अनुराज जोशीको सहमतीको समेत हस्ताक्षर रहेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख  चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा शताब्दी पुरुष डा.जोशीले ‘आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतीले यो कदम चालेको हो’ भन्नुभयो ।

 सभामा प्रमुख अतिथि  चिरीबाबु महर्जनले शताब्दी पुरुष डा.जोशी हामी सबैका गौरव, प्रेरणा र आदर्श हुनुहुन्छ भन्नुभयो ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त घोषणा सभामा किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.बालमानसिंह कार्की र नइ प्रकाशनका सदस्यसचिव  नरेन्द्रराज प्रसाईले जोशीको महानता, सरलता र दुरशदर्शी भावनाको प्रशंसा गर्नुभयो ।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्यमोहन जोशीको तस्बिर अंकित हुलाक टिकट सार्वजनिक गर्नुभएको थियो । जीवित हुँदा नै हुलाक टिकट प्रकाशित हुने सत्यमोहन जोशी पहिलो नागरिक हुनहुन्छ । यसअघि ललितपुर महानगरपालिकाकै समन्वयमा नेपाल राष्ट्र बैंकले जोशीको तस्बिर अंकित सिक्का सार्वजनिक गरेको थियो ।

नेपालको कला संस्कृतिको संरक्षणमा जोशीले पुर्‍याएको योगदानको सम्मान गर्दै ललितपुर महानगरपालिकाले जोशी एक सय वर्ष पुगेको अवसरमा अघिल्लो वर्ष अभिनन्दन कार्यक्रम आयोजना समेत गरेको थियो ।

यो पनि हेर्नुहोस् : जोशी दम्पतीबाट शरीरदान गर्ने ईच्छा