१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षामा कटौती गर्ने निर्णय पुनर्विचार गर्न पूर्वराजाका स्वकीय सचिवको सरकारलाई पत्र



अ+ अ-

काठमाडौँ । सरकारले भीआईपीको सुरक्षा कटौती  निर्णय  गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहका  स्वकीय सचिव सागरप्रसाद तिमिल्सिनाले निर्णयमा  पुनर्विचार गर्न आग्रह गर्नु भएको छ । गृह मन्त्रालयलाई एक पत्र लेख्दै तिमिल्सिनाले नयाँ कार्यविधिबारे पुनर्विचार गर्न आग्रह गर्नु भएको हो ।

हाल पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि ९९ जना सुरक्षाकर्मी  खटिँदै आएका छन् । जसअनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीका लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी खटिएका छन्।

नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार पूर्व राजपरिवारका लागि १६ जना सुरक्षाकर्मी दिइने उल्लेख छ।