१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटले जे गर्न सकेनन् त्यो मन्धानाले गरिन्, आरसीबीलाई १६ वर्षपछि उपाधि



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका लागि आइतबारको दिन एकदमै विशेष रह्यो । आरसीबीले उपाधि जित्न नसकेको १६ वर्षको खडेरी अन्त्य गरेको छ । विराट कोहलीले आरसीबीका लागि गर्न नसकेको काम स्मृति मन्धानाले गरिन् ।

मन्धनाले आरसीबीलाई वुमन्स प्रिमियर लिगको उपाधि जिताएकी हुन् । फाइनल खेलमा बैंगलोरले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो ।

नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङमा आएको दिल्ली क्यापिटल्स १८.३ ओभरमा ११३ रनमा अलआउट भयो । जवाफमा बैंगलोरले १९.३ ओभरमा २ विकेटले लक्ष्य भेट्टायो ।

आरसीबीका एलिस पेरीले अविजित ३५ र ऋचा घोषले १७ रनको योगदान दिएकी थिइन् । सोफी डिभिनले ३२ र कप्तान स्मृति मन्धानाले ३१ रन जोडिन् ।

यसअघि दिल्लीका लागि ओपनर शेफाली वर्माले २७ बलमा ४४ रनको इनिङ खेलिन् भने कप्तान मेग ल्यानिङले २३ रनको योगदान दिएकी थिइन् । श्रेयंका पाटिलले ४ विकेट लिइन् भने सोफी मोलिनक्सले एक ओभरमा ३ विकेट लिइन् । उनी खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।

११४ रनको सहज लक्ष्य बैंगलोरका ब्याटर्सले निकै संयमित ढंगले पछ्याएका थिए । कप्तान स्मृति मन्धाना र सोफी डिभिनको ओपनिङ जोडीले टोलीको जितको जग बसाल्यो ।

दुबैले ४९ बलमा ४९ रनको ओपनिङ पार्टनरसिप गरे । त्यसपछि एलिस पेरी (नटआउट ३५)सँगै टोलीको स्कोर ८२ रनमा पुर्याइन् ।

यहाँ, स्मृति आउट भएपछि, पेरीले कमान्ड लिइन् र ऋचा घोष (नटआउट १७) सँगसँगै टोलीलाई लक्ष्यमा पुर्याइन् । दिल्लीका शिखा पाण्डे र मिन्नु मणिले एक–एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले शेफाली वर्मा र कप्तान मेग ल्यानिङको साथमा राम्रो सुरुवात गरेको थियो । दुबैले ४३ बलमा ६४ रनको ओपनिङ पार्टनरसिप गरे । यहाँबाट टोलीले ठूलो स्कोर बनाउने देखिन्थ्यो तर ओपनर शेफाली वर्मा आउट हुनेबित्तिकै विकेट झर्ने प्रक्रिया सुरु भयो ।

टोलीले ५५ रनमा थप ९ विकेट गुमाएको थियो । कप्तान मेग ल्यानिङले इनिङ्सलाई सम्हाल्ने असफल प्रयास गरिन् । टोलीका बाँकी ब्याटर्सले खास केही गर्न सकेनन् ।

बैंगलोरका लागि श्रेयंका पाटिलले ४ विकेट लिइन् भने सोफी मोलिनक्सले ३ विकेट लिइन् । यस्तै आशा शोभनाले दुई विकेट लिइन् ।