२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहाम र एस्टन भिल्लाले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टहाम युनाइटेड र एस्टन भिल्लाले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदान लण्डन स्टेडियममा वेस्टहामले २९ औं मिनेटमा माइकल एन्टोनीओको गोलबाट सुरुवाती अग्रता लिएको थियो । यता, ७९ औं मिनेटमा निकोलो जानीओलोले गोल गर्दै एस्टन भिल्लालाई हारबाट जोगाए ।

बराबरीसँगै एस्टन भिल्ला २९ खेलबाट ५६ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने वेस्टहाम ४४ अंकका साथ सातौं स्थानमा छ ।