५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरसीबीले जित्यो वुमन्स प्रिमियर लिगको उपाधि



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले वुमन्स प्रिमियर लिगमा पहिलो पटक उपाधि जितेको छ । आइतबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै आरसीबी च्याम्पियन बनेको हो ।

यो लिगमा दिल्लीमाथि बैंगलोरको पहिलो जित समेत हो । दुवैले अहिलेसम्म ५ खेल खेलेका छन् जसमध्ये ४ खेल दिल्लीको नाममा छन् ।

नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङमा आएको दिल्ली क्यापिटल्स १८.३ ओभरमा ११३ रनमा अलआउट भयो । जवाफमा बैंगलोरले १९.३ ओभरमा २ विकेटले लक्ष्य भेट्टायो ।

आरसीबीका एलिस पेरीले अविजित ३५ र ऋचा घोषले १७ रनको योगदान दिएकी थिइन् । सोफी डिभिनले ३२ र कप्तान स्मृति मन्धानाले ३१ रन जोडिन् ।

यसअघि दिल्लीका लागि ओपनर शेफाली वर्माले २७ बलमा ४४ रनको इनिङ खेलिन् भने कप्तान मेग ल्यानिङले २३ रनको योगदान दिएकी थिइन् । श्रेयंका पाटिलले ४ विकेट लिइन् भने सोफी मोलिनक्सले एक ओभरमा ३ विकेट लिइन् । उनी खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।

११४ रनको सहज लक्ष्य बैंगलोरका ब्याटर्सले निकै संयमित ढंगले पछ्याएका थिए । कप्तान स्मृति मन्धाना र सोफी डिभिनको ओपनिङ जोडीले टोलीको जितको जग बसाल्यो ।

दुबैले ४९ बलमा ४९ रनको ओपनिङ पार्टनरसिप गरे । त्यसपछि एलिस पेरी (नटआउट ३५)सँगै टोलीको स्कोर ८२ रनमा पुर्याइन् ।

यहाँ, स्मृति आउट भएपछि, पेरीले कमान्ड लिइन् र ऋचा घोष (नटआउट १७) सँगसँगै टोलीलाई लक्ष्यमा पुर्याइन् । दिल्लीका शिखा पाण्डे र मिन्नु मणिले एक–एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले शेफाली वर्मा र कप्तान मेग ल्यानिङको साथमा राम्रो सुरुवात गरेको थियो । दुबैले ४३ बलमा ६४ रनको ओपनिङ पार्टनरसिप गरे । यहाँबाट टोलीले ठूलो स्कोर बनाउने देखिन्थ्यो तर ओपनर शेफाली वर्मा आउट हुनेबित्तिकै विकेट झर्ने प्रक्रिया सुरु भयो ।

टोलीले ५५ रनमा थप ९ विकेट गुमाएको थियो । कप्तान मेग ल्यानिङले इनिङ्सलाई सम्हाल्ने असफल प्रयास गरिन् । टोलीका बाँकी ब्याटर्सले खास केही गर्न सकेनन् ।

बैंगलोरका लागि श्रेयंका पाटिलले ४ विकेट लिइन् भने सोफी मोलिनक्सले ३ विकेट लिइन् । यस्तै आशा शोभनाले दुई विकेट लिइन् ।