२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबलमा बुढानीलकण्ठको विजयी शुरुवात



अ+ अ-

काठमाडौँ । बुढानीलकण्ठ भलिबल क्लवले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद् शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार भएको खेलमा बुढानीलकण्ठले पुरुषतर्पm कर्णाली प्रदेशको चुनौती ३–० को सोझो सेटमा नै समाप्त पारेको हो । समूह ‘सी’ को खेलमा बुढानीलकण्ठले सहजै खेल आफ्नो बनाउँदै सुखद् जित निकाल्यो । बुढानीलकण्ठले कर्णालीमाथि २५–१०, २५–१८, २५–१७ को जित निकालेको हो । पुरुषमै सुदूरपश्चिम प्रदेशले पनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई हराउँदै अंक खाता खोलेको छ । समूह ‘बी’ को खेलमा सुदूरपश्चिमले जावलाखेललाई २५–२१, २५–१३,२५–१७ ले हरायो ।

पुरुषतर्पm १३ टोलीले प्रतिष्पर्धा गरेका छन् र यी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘डी’ मा आर्मी र गण्डकीसहित मणिमुकुन्द भलिबल क्लव र न्युटन भलिबल क्लव छन् । समूह ‘ए’ मा हेल्प नेपाल स्पोर्ट्स क्लव, कोशी प्रदेश र ढोरपाटन भलिबल क्लव तथा समूह ‘बी’ मा एपिएफ, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, समूह ‘सी’ मा नेपाल पुलिस क्लव, कर्णाली प्रदेश र बुढानीलकण्ठ भलिबल क्लवले चुनौती प्रश्तुत गर्दैछन् । समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनल यात्रा यात्रा तय गर्नेछन् ।

आईतवार भएको महिलातर्फ खेलमा विभागीय टोली एपिएफ क्लव र नेपाल पुलिस क्लवले विजयी शुरुवात गरेका छन् । एपिएफले मधेस प्रदेशलाई २५–८, २५–७,२५–२ तथा पुलिसले कर्णाली प्रदेशलाई २५–१२,२५–७,२५–८ ले ले पराजित गरे । महिलामा कुल सात टोलीले प्रतिष्पर्धा गरिरहेका छन् । दुई समूहका शिर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् । समूह ‘ए’ मा एभरेस्ट र कर्णालीसहित गत संस्करणको विजेता नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव छन् । अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड स्पोटर््स एकेडेमी, एपिएफ र मधेस प्रदेश छन् ।

नेपाल भलिबल संघको आयोजनामा आठ दिनसम्म चल्ने प्रतियोगितामा दुवै तर्पmका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् ।




भर्खरै