५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा ५० लाखको क्षति



अ+ अ-

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–४ मा आज भएको आगलागीमा करिब रु ५० लाख बराबरको क्षति भएको छ ।

स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भई रु ५० लाख बराबरको क्षति भएको हो । आगलागीमा परेर स्थानीयको घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

आगलागीमा घरसहित अन्य सामग्री जलेर नष्ट हुँदा रु ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीलाई विराटनगर र इटहरीबाट गएको वारुणयन्त्रण, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रण लिएको छ ।

आगलागीको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस