१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा रिलिज हुने



अ+ अ-

काठमाडौं । फागुन २५ रिलिज भई प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ ।

एन मुभिज बलिउडका सफल ‘हनुमान’, ‘पेज ३’, ‘मलामाल वीक्ली’, ‘कर्पोरेट’, ‘ट्राफिक सिग्नल’, ‘जन्नत’, ‘न्युटन’जस्ता चलचित्रहरू वितरणको अनुभव लिएको कम्पनी हो । यो कम्पनीले पर्सेप्ट पिक्चर कम्पनी र भारतका अन्य प्रमुख प्रोडक्सन हाउसहरूमा काम गर्दै आएको छ ।

एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरूमा चलचित्र वितरण गर्छन् । रङ्गेली भने भारतका करिब एक सय स्क्रिनमा रिलिज हुने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको छ छिट्टै भारतमा रिलिज हुने मिति सार्वजनिक गर्ने बताए । यसको हिन्दी डबिङको सबै काम मुम्बईमा हुने खतिवडाले बताए ।

यो चलचित्र नेपाली भाषामा हाल अमेरिकामा समेत प्रदर्शनमा आइसकेको छ । अमेरिकामा हाउस फुल दर्शकबाट प्रदर्शनको सुरुवात भएको निर्देशक अर्जुन सुवेदीले बताए । त्यस्तै, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि चलचित्र प्रदर्शनको नजिक छ ।

प्रदर्शनको दोस्रो सातामा आइपुग्दा रङ्गेलीले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ । दोस्रो साताको शनिवारका प्रायः हलमा दर्शकको चाप देखिएको निर्देशक अर्जुन सुवेदीले बताए ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का ९योलो० एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।