• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

जीप दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली व्यक्त



काठमाडौं । उदयपुरको मैनामैनीमा हिजो जीप दुर्घटनामा परी ८ जना यात्रुले ज्यान गुमाएकोमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको हो । गर्दछु । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले यस्ता सडक दुर्घटनालाई न्यूनीकरण गर्न सवारी साधन, सडक र चालकहरूको अवस्था र दक्षतालाई पनि मूल्यांकन गर्न राज्यले गम्भीर ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको छ ।