२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० मा कप्तान पौडेलको वरियता सुधार



file photo, can
अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी-२०  वरियतामा नेपालका कप्तान रोहित पौडेलले ब्याटिङतर्फ ६ स्थान सुधार गरेका छन् । उनी ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ४९औँ स्थानमा उग्लिएका हुन् ।

भारतीय ब्याटस्म्यान विराट कोहली कप्तान पौडेलभन्दा एक स्थानमा माथि छन् । कोहली ४८ औँ स्थानमा छन् । यस्तै, भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा भने ५१औँ स्थानमा छन् ।

टी-२० को ब्याटिङ वरियतामा भारतका सूर्यकुमार यादव पहिलो, इङल्याण्डका फिल साल्ट दोस्रो र पाकिस्तानका मोहम्मद रिजवान तेस्रो स्थानमा रहेका छन् ।

ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीको वरियता भने ६ स्थान खस्किएको छ । यसअघि ७०औँ स्थानमा रहेका दीपेन्द्र अहिले ७६औँ स्थानमा छन् ।

अलराउन्डरतर्फ भने ५ स्थान सुधार गर्दै दीपेन्द्र २२औँ स्थानमा उक्लिएका छन् । अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३ स्थान सुधार गर्दै ३२औँ स्थानमा छन् । यस्तै, गुल्सन झा ६६औँ, रोहित पौडेल ७५औँ र करण केसी ८०औँ स्थानमा छन् ।

बलिङतर्फ भने टप सयमा नेपालका कुनैपनि खेलाडि परेका छैनन् ।