४ पुष २०८२, शुक्रबार
,
Latest
अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जनमोर्चा विभाजन : कृष्णराज पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति गठन



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनमा रहेको  राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो। नब गठित समितको अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल,सूर्य थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की रहनु भएको छ ।

भेलाले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । यसअघि गत मंसिरमा नेकपा मसालबाट छुट्टिएर नेकपा मसाल समन्वय समिति बनेको थियो। जसको संयोजकमा सन्तबहादुर नेपाली र प्रवक्तामा कृष्णराज पौडेल रहेका थिए । ।मोहनविक्रम सिंहले नेतृत्व गरेको मूल पार्टी संसदीय व्यवस्थामा फसेको आरोप लगाउदै पौडेल पक्षले वर्तमान संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी व्यवस्था आबश्यक रहेका ठहर गर्दे पार्टीलाई दक्षिणपन्थी विचलनबाट रोक्न वैचारिक संघर्षको रूपमा नयाँ समुह बनाएको दाबी गरेको छ ।