३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिवक्ता सुहाङ एमालेको कानून विभाग सदस्य मनोनीत



अ+ अ-

काठमाडौं । नेकपा एमालेले अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरेको छ ।

महासचिव शंकर पोखरेलले संविधान सभा अध्यक्ष स्व. सुवास नेम्वाङका छोरा सुहाङलाई कानुन विभागमा मनोनीत गरेको पत्र दिएका हुन् ।

सुहाङ इलाम–२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् ।

यो मनोनयनसँगै सुहाङले इलाम २ को उपनिर्वाचनमा टिकट पाउने सजिलै अनुमान गर्न सकिन्छ ।