३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीविरुद्ध नेपालको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । खराब ब्याटिङ गरेको नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृृङ्खलाको फाइनल खेलमा पपुवा न्यूगिनी (पीएनजी)सँग पराजित भएको छ ।

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदै मात्र ८५ रन बनायो।

नेपालका लागि सन्दीप जोराले सबैभन्दा धेरै १७ रन बनाए । आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउदा अन्य कुनै पनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले एक्स्ट्रा १६ रन पायो ।

पीएनजीका चान्द सोपर,सेसे बाउ, सेमो कामे र काबुवा मोरेले समान दुई विकेट लिए ।

त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो।

पीएनजीका टोनी उराले अर्धशतकिय ईनिङ खेलेका थिए । उनले ३७ बलमा ५ चौका र ४ छक्कासहित ६१ रनको योगदान दिए । अलेइ नाओले ३०, हिला वारेले १८, हिरि हिरिले १५ र किप्लिन दोरिगाले १४ रन बनाए ।

नेपालको लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन /तीन विकेट लिएका थिए । करण केसि र गुलशन झाले एक /एक विकेट लिए ।