१ मंसिर २०८१, शनिबार
,
Latest
२० दिनकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार मोटरसाइकल दुर्घटनामा एकको मृत्यु जुनको उज्यालोमा मकै सुकाउने पर्व मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई प्रधानमन्त्री बन्ने इच्छा छैनः ओली



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल, आफू र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री पद १३/१३ महिनाका लागि बाँडफाँड गरेको समाचार आएकोमा आपत्ति समेत जनाए ।

उनले भने, ‘आज प्रधानमन्त्रीको कार्यकाल १३/१३ महिना बाँडेको कुरा बजार भरी देख्छु । यसले यो सरकार किन परिवर्तन भएको हो ? यसमा नेताहरू सहकार्य किन गरेको हो भन्ने कुराको गरिमालाई घटाएको छ यस्ता खबरहरूको अनुचित सम्प्रेषण । यो गलत कुरा हो । प्रधानमन्त्री हुनकै लागि हामीले यस्तो गरेको होइन । मलाई यो प्रधानमन्त्रीको इच्छा पनि छैन । ’