२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु

तरकारी खाँदै छौं कि विष, खानु अघि ध्यानदिनुहोस्

तरकारी खाँदै छौं कि विष, खानु अघि ध्यानदिनुहोस्
अ अ+ अ-

काठमाडौं । तरकारीमा व्यापक विषादी मिसाइने गरेको रहस्य खुलेको छ। साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ। जसको मात्रा ४५ प्रतिशतमाथि रहेको छ। रोकावट दर देखाउने मेसिनले ३५ प्रतिशतसम्मलाई खानयोग्य ठान्छ।

तरकारीमा विषादीको प्रयोग व्यापक भए पनि कर्मचारीको पर्याप्त दरबन्दी हुन नसक्दा परीक्षण प्रभावकारी हुन सकेको छैन। बाली संरक्षण निर्देशनालयबाट वरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा ३ जना कर्मचारी तरकारी परीक्षणका लागि खटिने गरेका छन्।

कालीमाटी तरकारी बजार विकास समितिभित्र रहेर नमुना परीक्षणका रूपमा दैनिक ८ देखि १० वटा विभिन्न प्रकृतिका तरकारीको परीक्षण गर्दै आएको परीक्षणमा खटिएका कर्मचारी जागेश्वर शर्माले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘हामी तीन जना छौं। काम गर्न निकै अप्ठइरो भएको छ। न त हामीलाई बिदा छ। कम्तीमा पनि ६ जना कर्मचारी भइदिएको भए सजिलो हुने थियो। सरकारले यसबारे सोच्नुपर्ने हो क्यारे, बिरामी भए पनि आउनुपर्छ।’ बाली संरक्षण निर्देशनालयले भने परीक्षणका लागि बिहानै आउनुपर्ने भएकाले कर्मचारी आउन नमानेको बताएको छ।

अहिले तरकारी परीक्षणका लागि ७ वटै प्रदेशमा तरकारी मापन मेसिन जोडिएको छ। मेसिनका लागि आवश्यक पर्ने रसायन पदार्थ निकै महँगो पर्ने गर्छ। १ हजार टेस्टमा ३ सय वटा नमुना हुने र त्यसको मूल्य मात्रै १ लाख २० हजार रुपियाँ पर्ने विषादी अवशेष दु्रत विश्लेषण एकाइमा कार्यरत शर्माले बताउनुभयो। अहिले ६ सय ५० देखि ७ सय मेट्रिकटन तरकारी कालीमाटीमा भित्रिन्छ। तर, त्यो तरकारीको गुणस्तर जाँच्न तीन जना मात्रै कर्मचारी खटिँदा त्यति धेरै तरकारीको अवस्था कसरी पत्ता लाग्छ भनेर तरकारी किन्दै गरेका रवि बस्नेतले बताउनुभयो।

जनशक्ति कम हुँदा दैनिक ८ प्रकृतिका तरकारीको नमुना परीक्षण हुने गरेको बाली संरक्षण निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत मानबहादुर क्षत्रीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘जनशक्ति कम्तीमा पनि प्राविधिकसहित ५जनासम्म भएको भए सजिलो हुन्थ्यो। कम जनशक्ति भएरै थोरै प्रकृतिका तरकारीको परीक्षण गर्न सकेका छौं। यद्यपि मैले जनशक्ति बढाउनुपर्यो भनेर सरकारसँग प्रस्ताव गरेको छुं।’ विषादिको मात्रा बढी भएका तरकारीलाई नष्ट गर्ने र त्यसका लागि जिल्ला तहमा कृषि विकास कार्यालयसँग समन्वय गरिने वरिष्ठ वाली संरक्षण अधिकृत क्षेत्रीले बताउनुभयो। अहिले दैनिक कालीमाटीमा ६ सय मेट्रिकटन तरकारी आउने गरेको छ।

मागअनुसार तरकारी आपूर्ति हुन नसकेको कालिमाटी तरकारी बजार विकास समितिका योजना अधिकृत रमेश डंगोलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘काठमाडौंमा ७ सय ५० मेट्रिकटनसम्म तरकारी खपत हुन्छ। यद्यपि अहिले धानबाली भित्र्याउने र तरकारीको सिजन कम भएकाले पनि आयात थोरै मात्रामा भइरहेको छ। आयात कम भएपछि मूल्य पनि बढेको छ। अब सिजन शुरू भएपछि विस्तारै मूल्य घट्ला।’ मुख्यतः प्याज, आलु, ठूलो गोलभेंडा जस्ता तरकारीहरू भारतबाट आउने गरेको समितिले बताएको छ। तरकारी विज्ञले उमालेर अथवा धेरै मात्रामा पखालेर तरकारी खान सुझाव दिएका छन्। एजेन्सीको सहयोगमा