४ श्रावण २०८३, सोमबार
,
Latest
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीले नेपाललाई जितको लागि दियो १७२ रनको बलियो लक्ष्य



Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी)ले नेपाललाई जितको लागि १७२ रनको बलियो लक्ष्य दिएको छ ।

हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।

पीएनजीका टोनी उराले अर्धशतकिय ईनिङ खेले । उनले ३७ बलमा ५ चौका र ४ छक्कासहित ६१ रनको योगदान दिए । अलेइ नाओले ३०, हिला वारेले १८, हिरि हिरिले १५ र किप्लिन दोरिगाले १४ रन बनाए ।

नेपालको लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन तीन विकेट लिए । करण केसि र गुलशन झाले एक एक विकेट लिए ।

अब नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।