२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीले नेपाललाई जितको लागि दियो १७२ रनको बलियो लक्ष्य



Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी)ले नेपाललाई जितको लागि १७२ रनको बलियो लक्ष्य दिएको छ ।

हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।

पीएनजीका टोनी उराले अर्धशतकिय ईनिङ खेले । उनले ३७ बलमा ५ चौका र ४ छक्कासहित ६१ रनको योगदान दिए । अलेइ नाओले ३०, हिला वारेले १८, हिरि हिरिले १५ र किप्लिन दोरिगाले १४ रन बनाए ।

नेपालको लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन तीन विकेट लिए । करण केसि र गुलशन झाले एक एक विकेट लिए ।

अब नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।