३ आश्विन २०८१, बिहीबार
,
Latest
गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे घर जानुपर्दैन : गगन थापा



अ+ अ-

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बहुमतप्राप्त प्रधानमन्त्री केपी ओलीले सरकार चलाउन मन नलागेमा घर जानुपर्ने बताएका छन् । सोमबार चितवनको भरतपुर आयोजित बिरोधसभालाई सम्बोधन गर्दै बहुमत प्राप्त गरेको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने काम अनधिकृत रहेको बताएका हुन् । 

सर्वोच्चमा चलिरहेको प्रतिनिधि सभा विघटनको मुद्दातर्फ संकेत गर्दै नेता थापाले असंवैधानिक रुपमा संसद् विघटन गर्ने प्रधानमन्त्रीसँग अदालत डराउन नहुने बताएका छन्।

‘विना कुनै पक्षपात, विना कुनै भय यो अदालतले निर्णय गरोस्, मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस्’, कार्यक्रममा उनले भने, ‘अदालतले संविधानको धारा मात्र हेरोस् !’

आफूलाई सर्वोच्चले निष्पक्ष निर्णय दिनेमा विश्वास रहेको भन्दै उनले यो अदालतबाट संसद पुनर्स्थापना भएरै छोड्ने बताए । संविधानको विघटन हुँदा त्यसको विरुद्धमा पार्टी एकजुट भएर जानुपर्ने बताए।

थापाले संविधानमा भएका सबै कुरालाई लिएर यसको रक्षाका लागि सबै उठ्नुपर्ने बताए। 

‘जगै हामीले भत्कायौं भने घर कसरी बनाउने ? यो संविधान हाम्रा निम्ति जग हो, यही टेकेर घर बनाउने हो’, उनले अगाडि भने, ‘तर, प्रधानमन्त्री ओलीले त्यही जग भत्काइदिए।’