२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधिका लागि नेपाल र पीएनजी भिड्दै



Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ ।

खेल बिहान ११ः४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा हुनेछ । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । खेल रद्द भएपछि नेपाल र हङकङले एकरएक अंक बाँडेका थिए ।

मंगलबार पीएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । यस्तै पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेल, बिनोद भण्डारी, गुलशन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा रहेका छन् ।