१ पुष २०८२, मंगलवार
,
Latest
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन



अ+ अ-

लम्की । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ । टोलीले आज कर्णाली पुलको अवलोकन तथा परीक्षण थालेको हो ।

पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागीबाट भएको क्षतिका साथै पुलको मर्मत सम्भारबारे पनि अध्ययन गर्दैछौँ ।” प्रारम्भिक विवरण आएपछि विज्ञलगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा के गर्ने भन्नेबारे थाहा हुने उहाँले बताउनुभयो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नं को ट्रकमा सोमबार एक्कासी आगलागी भएको थियोे । ट्रकमा लागेको आगो नियन्त्रणमा लिन चार घण्टा बढी समय लागेको थियो । एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रक जलेर नष्ट भएको थियो । आगलागीबाट कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो । सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको थियो । उक्त पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गते उद्घाटन गर्नुभएको थियो ।

गुडिरहेको ट्रकमा लागेको आगोबाट क्षतिपुगेपछि कर्णाली पुलमा हाल सवारी आवागमन बन्द गरिएको छ ।