९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

इशारामा फुटबल खेल्दै सुस्त:श्रवण भएकाहरु

इशारामा फुटबल खेल्दै सुस्त:श्रवण भएकाहरु
अ अ+ अ-

अन्नपूर्ण । सुस्त:श्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् ? धेरैलाई उत्सुकता लाग्ने विषय हो । उनीहरु मज्जासँग फुटबल खेल्छन् । उनीहरुका लागि कुनै विशेष मैदान हुँदैनन् । सामान्य खेलाडी खेल्ने मैदानमा ती खेलाडी खेलिरहन्छन् ।

बहिरा खेलाडीहरु इशाराको भरमा फुटबल खेल्छन् । उनीहरुका लागि सङ्केत नै काफी हुन्छ । बोल्न नसक्ने र कानले पनि नसुन्ने भएकाले उनीहरुका लागि इशारा बेग्लै हुन्छ । निर्णायक भूमिकाका लागि ‘रेफ्री’ पनि मैदानमा तैनाथी हुन्छन् । रेफ्रीको एउटा हातमा रातो र अर्को हातमा हरियो झन्डा हुन्छ ।

खेलाडीले गल्ती गरे रेफ्रीले सिटी बजाउँदैनन्, मात्र रातो झन्डा हल्लाउँछन् । अनि बल चलाउनका लागि हरियो झन्डाले इशारा दिन्छन् । प्रशिक्षकले इशाराले सिकाउँछन् । इशाराकै भरमा खेलाडीले आपसमा बल माग्छन् । गोल हुँदा दर्शकले हुटिङ गर्नुको सट्टा दुवै हातमाथि माथि उठाएर औँला फिजाएर खुसियाली साट्छन् ।

‘बुझ्नेलाई इशारा काफी छ’ भनेझैँ उनीहरुका लागि भाषाको सञ्चार हातको हाउभाउ हो । बागमती बहिरा महिला फुटबल टोलीकी कप्तान कोपिला गुरुङले आफूहरु यसरी नै फुटबल खेल्ने गरेको बताउनुहुन्छ ।

कोपिला गत शुक्रबार अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ का दिन बहिरा फुटबल खेल क्लब पोखराले आयोजना गरेका बहिरा महिला फुटबल प्रतियोगिता खेल्न पोखरा आउनुभएको थियो । उहाँको टोली पोखरामा प्रथम भएको थियो ।

नक्साल बहिरा माविमा अध्ययनरत कोपिला बोल्न र सुन्न नसके पनि इशाराको भरमा सामान्य मानिसले जस्तै गरी फुटबल खेल्न सक्ने बताउनुहुन्छ । “हामी बोल्न र सुन्न नसके पनि सङ्केतको भरमा फुटबल खेल्न सक्छौँ, कुरा यति हो कि हाम्रा लागि पनि सरकारले केही सोचिदिनुपर्छ”, दोभासेमार्फत कप्तान कोपिलाले भन्नुभयो, “मेरो लक्ष्य भनेको हाम्रो क्षेत्रबाट नेपाल राम्रो खेलेर विदेश गएर खेल्ने रहर छ ।”

पोखरामा फुटबल खेल्न आउनुभएकी कञ्चनपुरकी बहिरा महिला फुटबल खेलाडी शर्मिला चौधरीको पनि चर्चित फुटबल खेलाडी बन्ने लक्ष्य रहेको छ । उहाँ सुदूरपश्चिम महिला बहिरा फुटबल टोलीको कप्तान हुनुहुन्छ ।

दक्षिणकाली बहिरा आवासीय माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कप्तान शर्मिलाले बहिरा खेलाडीले उचित अवसर र तालिम पाए अन्तरराष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । दोभासेमार्फत शर्मिलाले भन्नुभयो, “हामीहरुका लागि उचित अवसरसँगै तालिम हुने हो भने हामी पनि अरू जस्तै अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न सक्छौँ ।”

रेफ्री कवीरमान गुरुङले अन्य प्रतियोगिता खेलाउँदाभन्दा केही फरक अनुभूति भएको बताउनुभयो । बहिरा खेलाडीलाई खेलाउँदा सिटी फुक्नुको सट्टा झन्डा हल्लाउनुपर्नेबाहेक सबै नियम समान भएको उहाँले बताउनुभयो । “अरू खेलभन्दा बहिरा खेलाडीलाई खेलाउँदा केही फरक छ हुने नै भयो तर उहाँहरु मज्जासँग खेल्न सक्नुहुन्छ”, रेफ्री कवीरमानले भन्नुभयो, “उहाँको खेल हेर्दा राम्रो प्रशिक्षण पाउने हो भने सुन्ने व्यक्तिसँग प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ।”

बहिरा खेलाडीहरु पनि खेल्नका लागि सक्षम छ भन्ने सोचेर राज्यले लगानी गर्नुपर्ने दाभासेमार्फत बहिरा फुटबल खेल क्लब पोखराका सहसचिव सूर्यमोहन बरालले बताउनुभयो । बहिराहरुको पहिलो भाषा साङ्केतिक भाषा भएकाले राज्यले दोभासे उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

क्लबले यसभन्दा अघि बहिरा पुरुषको बीचमा प्र्रतियोगिता गर्दै आएको बताउँदै क्लबका सहसचिव बरालले यस वर्षदेखि महिलाका लागि पनि अवसर दिइएको बताउनुभयो । उहाँले बहिरा महिलाले पनि राम्रोसँग खेलेकाले आगामी वर्ष पनि बहिरा महिला फुटबलको आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कोशी, बागमती, सुदूरश्चिम र गण्डकी प्रदेशका दुई गरी पाँच टोलीको सहभागिता रहेको बहिरा महिला फुटबल प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको थियो । पोखरा रङ्गशालामा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ‘टाइब्रेकर’मा २–० गोलअन्तरले पराजित गर्दै बागमतीले उपाधि जितेको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइब्रेकरबाट लागेको थियो ।

उपाधि जितेको बागमतीले ट्रफीसहित रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता भएको सुदूरपश्चिमले रु ३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । रासस