६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा



Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.
अ+ अ-

काठमाडौं । हङकङमा जारी टी–२० सिरिजमा आज नेपालले पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ७ बजे बजेदेखि शुरु भएको छ ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।

यसअघि भएको नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाले रद्ध हुदा दुवै देशले एक-एक अंक बाँडेका थिए । त्यसैगरी आजै हङकङ र पीएनजीबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार पौने १२ बजेदेखि शुरु हुने छ ।

नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । फाइनल खेल भोलि हुनेछ । फाइनलमा नपुग्ने टोली र हङकङ ए ले तेस्रो स्थानको लागि खेल्नेछन् ।