१४ श्रावण २०८३, बिहीबार
,
Latest
स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा



Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.
अ+ अ-

काठमाडौं । हङकङमा जारी टी–२० सिरिजमा आज नेपालले पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ७ बजे बजेदेखि शुरु भएको छ ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।

यसअघि भएको नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाले रद्ध हुदा दुवै देशले एक-एक अंक बाँडेका थिए । त्यसैगरी आजै हङकङ र पीएनजीबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार पौने १२ बजेदेखि शुरु हुने छ ।

नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । फाइनल खेल भोलि हुनेछ । फाइनलमा नपुग्ने टोली र हङकङ ए ले तेस्रो स्थानको लागि खेल्नेछन् ।