९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सेना दिवसमा आयोजित ‘युनिटी रन’मा सञ्जिव र तुलसी पहिलो

सेना दिवसमा आयोजित ‘युनिटी रन’मा सञ्जिव र तुलसी पहिलो
अ अ+ अ-

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा आज आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन् । पुरुष खुल्लातर्फको १० किलोमिटर दौडमा पहिलो हुँदै उनी माउन्टेन बाइकसहित रु १५ हजार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाका अनुसार उक्त दौडमा करण लोहार दोस्रो तथा दीपेन्द्र नाथ तेस्रो भए । दोस्रो भएका लोहारले रु १० हजार तथा तेस्रो भएका नाथले रु सात हजार पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी १० किलोमिटर दौडमा महिलातर्फ तुलसी रावत पहिलो, सुशीला महत दोस्रो तथा राधिका भण्डारी तेस्रो भए । पहिलो भएकी रावतले माउन्टेन बाइकसहित रु १५ हजार, दोस्रो भएकी महतले रु १० हजार र तेस्रो भएकी भण्डारीले रु सात हजारबाट पुरस्कृत भए ।

नेपाली सेनाले धनगढीस्थित रङ्गशालामा सेना दिवसका अवसरमा तीनदिने विविध सैनिक प्रदर्शनीका साथै ‘युनिटी रन’को आयोजना गरेको हो । यसैगरी कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ नेहा खड्का प्रथम, बागेश्वरी धामी द्वितीय र दिपिका जोशीले तृतीय भइन् । खड्काले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरिन् । सोही विधामा छात्रतर्फको पाँच किलोमिटर दौडमा विक्रम पार्की प्रथम, अमित आउजी द्वितीय र लक्ष्मण शाही तृतीय भए । पार्कीले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी कक्षा १० सम्मका विद्यार्थीका लागि आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ कमला बडुवाल प्रथम, लक्ष्मी भट्ट द्वितीय र पवित्रा सार्कीले तृतीय स्थान प्राप्त गरे । उपाधि विजेता बडुवालले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरिन् । छात्रतर्फ पाँच किलोमिटर दौडमा मोहन विष्ट पहिलो, नन्दकिशोर विष्ट दोस्रो र लक्ष्मण महरा तेस्रो भए । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति गणेशकुमार श्रेष्ठ, पृतनाका सहायक रथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापा, सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, सैनिक श्रीमती सङ्घका पदाधिकारीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । रासस