१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न
अ अ+ अ-

काठमाडौँ । नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता आइतबार यहाँ सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता यहाँस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको हो ।

विगत १४ वर्षदेखि उक्त दूतावासले हरेक वर्ष टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले विजयी समूह क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा ली क्रिकेट क्लब दोस्रो भएको थियो ।

त्यस अवसरमा उपाध्यक्ष कोइरालाले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेर पाकिस्तानी राजदूतावासले खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध सुदृढ बनाएकामा कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले काठमाडौँको खेलकुद कार्यसूचीमा पाकिस्तानी दूतावासले आयोजना गर्ने यो प्रतियोगिता समावेश भएको बताउनुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले नेपालका उदीयमान क्रिकेट क्लब र तिनका प्रतिभाशाली खेलाडीलाई प्रतियोगिताले प्रतिभा प्रस्फुरणको अवसर प्रदान गरेको बताउँदै भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समापन समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव गोलम सरवार, नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमेद एल्गाब्ली, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन चौधरी, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारी, क्रिकेट सङ्घ नेपालका महाप्रबन्धक उत्सव ढुङ्गाना, हिमालय बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जङ्गबहादुर राणा, वरिष्ठ पत्रकार नागरिक समाजका अगुवा तथा क्रिकेटप्रेमीहरुको उपस्थिति थियो । रासस