२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाको पोस्टमा टोटेनह्यामको ४ गोल



अ+ अ-

इङलिस प्रिमियर लिगमा यस सिजन निकै फर्ममा देखिएको एस्टन भिल्ला पछिल्ला केही खेलहरुमा राम्रो प्रदर्शन गर्नबाट चुकेको पाइएको छ । यो सहित पछिल्ला पाँच खेलमध्ये दुई खेलमा एस्टन पराजित भएको छ ।

आइतबार भिल्ला पार्कमा सम्पन्न खेलमा टोटेनह्याम हस्परले एस्टनलाई ४—० गोल अन्तरले पराजित गरेको छ । टोटेनह्यामका लागि जेम्स म्याडिसनले ५०औं मिनेटमा पहिलो गोल गरेका थिए ।

लगत्तै ५३ औं मिनेटमा ब्रेनान जोन्सनले दोस्रो गरेर टिमको पकड मजबूत बनाएका थिए । खेलको अन्त्यतिर इन्जुरी समयमा दुई गोल भएको थियो । ९१औं मिनेटमा सोन ह्युङ मिन र ९४ औं मिनेटमा टिमो वेर्नरले गोल गरेका थिए ।

यो जितसँगै टोटनह्यामको २७ खेलबाट ५३ अंक प्राप्त भएको छ र अंक तालिकामा पाँचौं स्थानमा छ । तर एक खेल बढी खेलेको एस्टन भिल्लाको २८ खेलबाट ५५ अंक सहित चौथो स्थानमा यथावत छ ।

प्रिमियर लिगको शीर्ष चार स्थानमा रहेका टिमबीचको अंकका कारण प्रिमियर लिग निकै रोचक मोडमा छ । पहिलो स्थानमा रहेको आर्सनलको ६४, दोस्रो स्थानमा रहेको लिभरपुलको ६३ र तेस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ६२ अंक छ ।

आजै दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र म्यान्चेस्टर सिटीबीच खेल हुँदैछ ।