२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रिम भुक्तानी दिएर कोरोना खोप ल्याउने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । मंगलबार साँझ  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अग्रमी भुक्तानी गरेर भएपनि खोप ल्याउनका लागि कानूनी रुपमा सहज बनाएको हो ।  

सरकारले भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाकाे २० लाख डोज भ्याक्सिन प्रतिडाेज ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको प्रकृया तय हुँदा निर्णय हुन सकेको थिएन  । मन्त्रिपरिषद्को यो निर्णयलेसँगै अब तत्काल खोप खरिद गरेर ल्याउन बाटो खुलेको छ ।