९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा

आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा
LONDON, ENGLAND - MARCH 09: Kai Havertz of Arsenal celebrates scoring his team's second goal with teammates during the Premier League match between Arsenal FC and Brentford FC at Emirates Stadium on March 09, 2024 in London, England. (Photo by David Price/Arsenal FC via Getty Images)
अ अ+ अ-

काठमाडौं । आर्सनल ईंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-१ गोलले हरायो ।

घरेलु मैदान इमिरेट्समा खेलको १९ औं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । योयाने वीसाले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा काइ हाभेट्र्जले गोल गर्दै आर्सनललाई महत्त्वपूर्ण जित दिलाए ।

यो नतिजापछि आर्सनल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलको २८ खेलबाट ६४ अंक छ । समान एक-एक खेल कम खेलेका लिभरपुल ६३ र म्यान्चेस्टर सिटि ६२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । आज राति यी दुई टोलि भिड्दैछन् ।

ब्रेन्टफोर्ड २६ अंकसहित १५ औं स्थानमा छ ।