९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

एमाले सिध्याउने गठबन्धन टुट्यो, नयाँ गठबन्धन मिसन–२०८४ का लागि उपयोग गर्छौंं: ईश्वर पोखरेल

एमाले सिध्याउने गठबन्धन टुट्यो, नयाँ गठबन्धन मिसन–२०८४ का लागि उपयोग गर्छौंं: ईश्वर पोखरेल
file
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समिकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गर्नुभएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिहरुले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको काँग्रेस नेतृत्वको अपराधिक गठबन्धन टुटाएर नयाँ समिकरण बनाउन आफूहरु सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको पनि बताउनु भयो । शनिवार पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ५ को १२ औं अधिवेशनमा बोल्दै उहाँले नयाँ सत्ता समिकरणलाई पनि मिशन–२०८४ पूरा गर्न सहयोगीको रुपमा प्रयोग गर्ने योजना समेत सार्वजनिक गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पुर्याउने लक्ष्यसहित अघि बढाएको मिसन २०८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको बताउनु भयो । उहाँले नयाँ सत्ता समिकरणमार्फत् मुलुकको बेथितितर्फ गईरहेको राजनीतिलाई सही दिशामा ल्याउन सक्दो कोशिस गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘हामीले भनेका छांै–मिसन २०८४ । हामीले मिसन– २०८४ भनेका छौं । मिसन २०८४ भनेको के ? २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्छ । एमाले एक्लैले बहुमत ल्याउनुपर्छ । क—कसलाई समेटेर जाने हो, त्यो अलग कुरा हो । तर एमालेले बहुमत ल्याउनुपर्छ । त्यसको लागि मिसन २०८४ भनेको त्यो निर्वाचनमा बहुमत नल्याउने हो भने देशको दुर्दशा बदल्न सकिदैन । देखिरहनुभएको छ अहिले तमासा । हिजो हामीले भन्यौं–एमालेको विरुद्धमा एउटा अपराधिक गठबन्धन बन्यो । षड्यन्त्रपूर्ण गठबन्धन बन्यो ।

अराजनीतिक गठबन्धन बन्यो । त्यो गठबन्धनले के ग¥यो भने एमालेलाई सिध्याउने कुरा गर्यो । चुनावभन्दा अगाडि सिद्धान्त विपरित, कार्यक्रम विपरित, योजना विपरित गठबन्धन खडा भयो । त्यो गठबन्धनले एमालेलाई सिध्याउने योजना बनायो । बाहिरका शक्तिहरु पनि लागे, भित्रका पनि लागे । तर एमाले यस्तो जनआधारित शक्ति थियो, सिटमा हाम्रो केही तलमाथि परेपनि मतको हिसावले सर्वाधिक लोकप्रिय मत प्राप्त ग¥यौ हामीले । एमाले सकिएन । एमाले झन जबर्जस्त रुपमा उठ्यो । हामीले त्यसबेला के भनेका थियौं भने गठबन्धन गर्न सकिन्छ । निर्वाचन पछि कसैको पनि बहुमत नआएको अवस्थामा मिलेर सरकार बनाउन सकिन्छ ।

तर निर्वाचन भन्दा पहिलो राष्ट्रब्यापी रुपमा जो गठबन्धन गरेर एमालेको बिरुद्ध हमला गरियो । त्यो अपराधिक योजना अन्तरगत थियो भनेर हामीले भन्यौं । अहिले पनि हाम्रो विश्लेषण यही हो । अनि, यो अहिले हेरफेर भयो नि । यो के हो नि भन्नु होला तपाईहरुले । हेरफेर भएको के हो भने यो त्यो षड्यन्त्रपूर्ण ढंगले बनेको गठबन्धन पराजित भएको हो । त्यो गठबन्धन भत्केको हो । त्यस अर्थमा हामी यसलाई सकारात्मक रुपमा लिन्छौं । नयाँ ढंगले आउ भन्ने हाम्रो प्रश्ताव हो । हामी त्यस अनुरुप अगाडि बढन चाहन्छौं । र यो भनिरहँदा मिसन २०८४ के हुन्छ ? मिसन २०८४ जारी रहन्छ ।

मिसन २०८४, एमालेले बहुमत ल्याउने जुन योजना हो, त्यो योजना हाम्रो जारी रहन्छ । मुलुकको राजनीतिकलाई सकारात्मक दिशामा अघि बढाउने हाम्रो कोशिस जारी रहन्छ । हो त्यही अन्तर्गत यो चिज भएको हो । त्यो जे एमालेको बिरुद्ध एउटा अपराधिक शिलशिला थियो, त्यो शिलशिला हाललाई टुटेको छ । र, अव यसलाई सकारात्मक दिशातर्फ लगेर मिसन २०८४ लाई पूरा गराउने कुरामा यसलाई एउटा सहयोगी पक्षको रुपमा हामी प्रयोग गर्छौं । यो हाम्रो स्पष्ट अडान हो । त्यसकारणले हामी मुलुकको राजनीति, जो बेथितितर्फ जान थालेको छ । यो बेथितितर्फ जान थालेको राजनीतिलाई सही दिशातर्फ लैजाने हाम्रो कोशिस हो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारबिरोधी अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।