६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबर हायातको शतकमा हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण टी–२० क्रिकेट खेलमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ । मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन जोड्यो ।

हङकङका लागि बाबर हायातले शतक बनाए । ४९ बलमात्र खेलेका उनले १३ छक्का र ३ चौकाको मद्दतमा ११० रन जोडे । यस्तै अन्सि रथले ३९, मार्टिन कोएत्जेले ३१ रन जोड्दा अइजज खान २१ रनमा अविजित रहे ।

बलिङतर्फ आकाश चन्दले ३ तथा रशिद खान, प्रतिश जिसि र आरिफ शेखले १-१ विकेट लिए । आकाशको यो डेब्यु खेलसमेत हो ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।