२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब गेलको विस्फोटक ब्याटिङले थर्कियो चिन्नास्वामीको मैदान, ध्वस्त भयो आईपीएल रेकर्ड



अ+ अ-

एजेन्सी । सन् २०१३ मार्च ३१ तारिख चिन्नास्वामीको मैदान, क्रिस गेलले ब्याटले यस्तो कहर बनाए, जसको सम्झना अझै पनि फ्यानहरूको दिमागमा छ । पुणे वारियर्स विरुद्धको खेलमा गेलले १७ छक्का प्रहार गरेका थिए ।

युनिभर्स बोसले मात्र ३० बलमा शतक बनाएका थिए भने १७५ रनको विस्फोटक इनिङ खेलेका थिए । आरसीबीको इनिङ्समा बल मैदानभन्दा बाहिर बढी रह्यो । यस खेलमा धेरै चौका र छक्का लागे भने एकै रातमा आईपीएलका धेरै रेकर्डहरु ध्वस्त भए ।

रोयल च्यालेन्जर्स बैंगलोरको टोली पुणेविरुद्ध पहिले ब्याटिङ गर्न मैदानमा आएको थियो । त्यो दिन क्रिस गेलले ड्रेसिङ रुमबाटै मैदानमा आइपिएलको कीर्तिमान ध्वस्त गरेर मात्रै फर्कने निर्णय गरेका थिए । गेलले पहिलो बलबाट नै तरंग बनाए र पुणेका प्रत्येक बलरविरुद्ध लामो छक्का प्रहार गरे । गेल र दिलशानले पहिलो विकेटका लागि १३.४ ओभरमा १६७ रन जोडे ।

पुणेका कुनै पनि बलर युनिभर्स बोसको ब्याट नियन्त्रण गर्न सफल भएनन् । गेलले तूफानी शैलीमा खेल्दै ३० बलमा शतक पूरा गरे । शतक बनाएपछि पनि क्यारेबियन ब्याट्सम्यान रोकिएनन् र आफ्नो ब्याटबाट चौका र छक्का प्रहार गरिरहे ।

पुणेका बलरले सक्दो प्रयास गरे तर त्यो दिन गेलको विकेट लिन सकेनन् । स्थिति यस्तो थियो कि गेलले ६६ बलमा १७५ रनको विस्फोटक इनिङ खेले । गेलले १३ चौका र १७ छक्का प्रहार गरेका थिए ।

क्रिस गेलको विस्फोटक इनिङ्ससँगै एबी डिभिलियर्सले पनि ब्याटिङमा निकै हल्ला मच्चाएका थिए । डिभिलियर्सले शानदार ब्याटिङ गर्दै ८ बलमा ३१ रन बनाए । उनले ३८७ को स्ट्राइक रेटमा खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे । गेल–डिभिलियर्सको तुफानी पारीमा बैंगलोरले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २६३ रन बनाएको थियो ।

आरसीबीले बनाएको यो स्कोर आईपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर पनि हो । बैंग्लोरले दिएको २६४ रनको विशाल लक्ष्यको जवाफमा पुणे वारियर्सको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सकेको थियो । यो खेल आरसीबीले १३० रनले जितेको थियो ।