१२ श्रावण २०८३, मंगलवार
,
Latest
श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब गेलको विस्फोटक ब्याटिङले थर्कियो चिन्नास्वामीको मैदान, ध्वस्त भयो आईपीएल रेकर्ड



अ+ अ-

एजेन्सी । सन् २०१३ मार्च ३१ तारिख चिन्नास्वामीको मैदान, क्रिस गेलले ब्याटले यस्तो कहर बनाए, जसको सम्झना अझै पनि फ्यानहरूको दिमागमा छ । पुणे वारियर्स विरुद्धको खेलमा गेलले १७ छक्का प्रहार गरेका थिए ।

युनिभर्स बोसले मात्र ३० बलमा शतक बनाएका थिए भने १७५ रनको विस्फोटक इनिङ खेलेका थिए । आरसीबीको इनिङ्समा बल मैदानभन्दा बाहिर बढी रह्यो । यस खेलमा धेरै चौका र छक्का लागे भने एकै रातमा आईपीएलका धेरै रेकर्डहरु ध्वस्त भए ।

रोयल च्यालेन्जर्स बैंगलोरको टोली पुणेविरुद्ध पहिले ब्याटिङ गर्न मैदानमा आएको थियो । त्यो दिन क्रिस गेलले ड्रेसिङ रुमबाटै मैदानमा आइपिएलको कीर्तिमान ध्वस्त गरेर मात्रै फर्कने निर्णय गरेका थिए । गेलले पहिलो बलबाट नै तरंग बनाए र पुणेका प्रत्येक बलरविरुद्ध लामो छक्का प्रहार गरे । गेल र दिलशानले पहिलो विकेटका लागि १३.४ ओभरमा १६७ रन जोडे ।

पुणेका कुनै पनि बलर युनिभर्स बोसको ब्याट नियन्त्रण गर्न सफल भएनन् । गेलले तूफानी शैलीमा खेल्दै ३० बलमा शतक पूरा गरे । शतक बनाएपछि पनि क्यारेबियन ब्याट्सम्यान रोकिएनन् र आफ्नो ब्याटबाट चौका र छक्का प्रहार गरिरहे ।

पुणेका बलरले सक्दो प्रयास गरे तर त्यो दिन गेलको विकेट लिन सकेनन् । स्थिति यस्तो थियो कि गेलले ६६ बलमा १७५ रनको विस्फोटक इनिङ खेले । गेलले १३ चौका र १७ छक्का प्रहार गरेका थिए ।

क्रिस गेलको विस्फोटक इनिङ्ससँगै एबी डिभिलियर्सले पनि ब्याटिङमा निकै हल्ला मच्चाएका थिए । डिभिलियर्सले शानदार ब्याटिङ गर्दै ८ बलमा ३१ रन बनाए । उनले ३८७ को स्ट्राइक रेटमा खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे । गेल–डिभिलियर्सको तुफानी पारीमा बैंगलोरले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २६३ रन बनाएको थियो ।

आरसीबीले बनाएको यो स्कोर आईपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर पनि हो । बैंग्लोरले दिएको २६४ रनको विशाल लक्ष्यको जवाफमा पुणे वारियर्सको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सकेको थियो । यो खेल आरसीबीले १३० रनले जितेको थियो ।