२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालले ३० गते विश्वासको मत लिने !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको आगामी बैठकमै विश्वासको मत लिने तयारी गरेका छन् । प्रतिनिधिसभाको बैठक फागुन ३० गते शुक्रबार बस्दै छ ।

आफूलाई विश्वासको मत दिएको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री दाहालले सत्ता सहयात्री दल कांग्रेसलाई हटाएपछि उसले सरकारलाई दिएको समर्थन २४ गते फिर्ता लिएको थियो ।

प्रधानमन्त्री दाहालले अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई गठबन्धनमा आबद्ध गरेका छन् । यी दलको सांसद संख्या जोड्दा स्पष्ट बहुमत पुग्छ । ढिला गरी विश्वासको मत लिन खोज्दा सहयात्री दलबीच खटपट हुनसक्ने भएकाले प्रधानमन्त्रीले चाँडै विश्वासको मत लिने तयार गरेका हुन् ।

सत्ता गठबन्धन दलमध्ये नेकपा एमालेका ७७, नेकपा माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन् । यी सबै मत जोड्दा प्रधानमन्त्रीको पक्षमा १ सय ५२ सांसद पुग्छ । विश्वासको मत पाउन १ सय ३८ सदस्य भए पनि पुग्छ । तर पाँच दलीय गठबन्धनमा फरक वैचारिक धारका पार्टी भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने भएकाले दाहालले ३० गते नै विश्वासको मत लिने तयारी गरेका हुन् ।

विश्वासको मत चाँडै नलिए गठबन्धनमा फुट आउनसक्ने चिन्ता पनि प्रधानमन्त्री दाहालको छ । किनकी कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेदेखि नै यो गठबन्धन टुटाउने कसरतमा छन् । उनले मधेस केन्द्रीत दलहरुसँग नयाँ समीकरणका बारेमा छलफल गरिसकेका छन् । यो अवस्थामा तत्कालै विश्वासको मत लिने चाहना प्रधानमन्त्री दाहालले राखेका हुन् ।