१२ श्रावण २०८३, मंगलवार
,
Latest
श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाली खेलाडीको फड्को



file photo: can
अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ राम्रो सुधार गरेका छन् ।

ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औँ स्थानमा आएका छन् ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औँ स्थानमा आएका छन् । अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले एकै पटक ४८ स्थान सुधार गर्दै २७ औँ स्थानमा आएका छन् ।

कुशल मल्ल २७ स्थान सुधार गर्दै ३५ औँ स्थानमा छन् । अलराउन्डरतर्फ गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औँ स्थानमा छन् ।

यस्तै अलराउन्डरतर्फ करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा छन् । अलराउन्डरतर्फ रोहित पौडेलले एकै पटक ८८ स्थान सुधार गर्दै ९२ औँ स्थानमा छन् । टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाल १६ औँ स्थानमा यथावत छ ।