२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहान खाली पेटमा यी फलफुल खानुहोस्



अ+ अ-

एजेन्सी । आजको जीवनशैलीमा स्वस्थ रहनु नै सबैभन्दा ठुलो चुनौती रहेको छ । शरीरलाई तन्दुरुस्त राख्न पोषक तत्व चाहिन्छ, जुन हामीले ताजा फलफूल र तरकारीबाट पाउँछौँ । रोगबाट बच्न र आफूलाई फिट राख्नको लागि आहारमा फलफूलको मात्रा बढी राख्नुपर्छ । फलफूल खाँदा पाचन प्रणालीले राम्रोसँग काम गर्छ र तपाई स्वस्थ रहनसक्नुहुन्छ ।

केही फलहरु यस्ता छन् जुन बिहान खाली पेटमा खान सकिन्छ तर धेरै फलहरु यस्ता छन् जसलाई बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म खाइयो भने स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । यस्ता धेरै फलफूल छन् जसमा प्रोटिनभन्दा फाइबरको मात्रा बढी हुन्छ, जसका कारण बिहान बेलुका खानुको सट्टा मध्यरातमा खानु फाइदाजनक हुन्छ ।

तपाईं खाली पेटमा किवी खान सक्नुहुन्छ, फाइबरसँगै धेरै पोषक तत्वहरूले भरिपूर्ण हुन्छ । किवी डेंगु रोगमा पनि फाइदाजनक हुन्छ, यसको सेवनले पाचन प्रणालीले राम्रोसँग काम गर्छ र शरीरलाई उर्जा मिल्छ ।

खाली पेटमा स्याउ खान सक्नुहुन्छ, यसको सेवनले तौल नियन्त्रणमा पनि फाइदा पुग्छ । पौष्टिक तत्वले भरिपूर्ण स्याउ खाँदा कब्जियत, ग्यासबाट छुटकारा पाउन र पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ ।

एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणले भरिपूर्ण अनारलाई खाली पेटमा सेवन गर्न सक्नुहुन्छ। अनार खाँदा शरीरमा आइरनको कमी पूरा हुन्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

मेवा खाँदा शरीरलाई धेरै फाइदा हुन्छ । मेवा खाली पेटमा खान सकिन्छ । फाइबरले भरिपूर्ण मेवा तौल नियन्त्रण गर्नका साथै कोलेस्ट्रोलको स्तरलाई पनि ठीक राख्छ । यो खाँदा अपच, कब्जियत र पेट फुल्ने जस्ता समस्याबाट राहत मिल्छ ।