२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

ओठबारे तपाईलाई नै थाहा नभएको रोचक तथ्य यस्तो छ, पढ्नुहोस्

ओठबारे तपाईलाई नै थाहा नभएको रोचक तथ्य यस्तो छ, पढ्नुहोस्
अ अ+ अ-

एजेन्सी । मानव शरीरका अंगमध्ये ओठ सबैभन्दा संवेदनशील हुन्छ । सौन्दर्यमा महत्वपूर्ण भूमिका राख्ने ओठ व्यक्तिअनुसार विभिन्न आकारका हुन्छन् । तर, ओठबारे कैयौँ तथ्य छन्, जुन तपाईहरु अधिकांशलाई थाहा नहुन सक्छ ।

१) ओठमा कहिल्यै पसिना आउँदैन, किनभने पसिना ग्रन्थि नै हुँदैन । ओठमा डन्डिफोर पनि आउँदैन।

२) औँलाको छापजस्तै ओठको छाप पनि कसैको कसैसँग मिल्दैन ।

३) उमेर बढ्दै जाँदा ओठ भने पातलो हुँदै जान्छन् । शरीरमा कोलाजन निर्माणमा आउने कमीले यस्तो हुन्छ । कोलाजनकै कमीले ओठको कमलोपनमा पनि ह्रास आउँछ ।

४) ओठले मानिसको कामुकताबारे जानकारी दिन्छ । खासगरी महिलाको ओठको आकारले उनको कामुकता दर्साउँछ ।

५) मानव शरीरको छालामा १६ वटा तह हुन्छन् । तर, ओठमा भने तीनदेखि पाँचवटासम्म मात्रै तह हुन्छन् । यही कारण ओठ राता र गुलाबी हुन्छन् ।

६) शरीरमा पानी कम हुँदा ओठ सुक्ने गर्छ । शरीरमा भिटामिन ‘बी’को कमीले ओठ सुक्ने तथा फुट्ने समस्या देखा पर्छ । आइरन वा फोलेटको कमीले पनि फुट्छ ।

७) माथिल्लो ओठको संरचनामा आर्बिकुलरिस ओरिस मसल्स पनि हुन्छन् । पित्तल, बाँस अथवा काठबाट बनेका वाद्ययन्त्र बजाउँदा वा सिटी फुक्दा यिनै मसल्सले संकुचित बनाउँछन् ।

८) शरीरमा नसा समाप्त हुने स्थान संवेदनशील हुन्छन् । ओठमा धेरै नसाको अन्त्य हुन्छ । त्यसैले संवेदनशील हुन्छ । ओठमा झन्डै १० लाख नसा हुन्छन् । ओठ औँलाभन्दा १०० गुणा बढी संवेदनशील हुन्छ ।

९) ओठको क्यान्सर हुने सम्भावना महिलाभन्दा पुरुषमा बढी हुन्छ ।

१०) टेक्सासका एकजना एन्थ्रोपोलोजिस्ट (मानव विशेषज्ञ) डा. भाउगन ब्रियन्टका अनुसार चुम्बन गर्ने चलन भारतबाट प्रारम्भ भएको हो । अलेक्जेन्डर द ग्रेटका सैनिकहरूले भारत आउँदा चुम्बन गर्न सिके र संसारभर यसको प्रसार भयो ।

११) फ्रान्सका समाजशास्त्रीहरूले आफ्नो अध्ययनबाट पत्ता लगाए कि रातो ओठ भएका महिलाहरूप्रति पुरुष बढी आकर्षित हुन्छन् ।

१२) ओठको चुम्बनले मस्तिष्कमा डोपामाइन रसायन स्रावित हुन्छ । डोपामाइन मानव शरीर र मस्तिष्कमा आनन्द, उल्लास, उत्साह, सुखको आभास, परम आनन्द अनुभूतिको उत्प्रेरक हो । यसैकारण मानिस चुम्बन गर्न लालायित रहन्छ ।

१३) आमाहरूले आफ्ना शिशुलाई आफ्नै मुखबाट भोजन गराउने आदिम चलन नै पछि गएर चुम्बनमा विकसित भएको वैज्ञानिक अवधारणा छ।

१४) चुम्बनले पाचनक्रियालाई सघाउँछ । यसका अतिरिक्त भोक, निद्रा, स्मृतिमा पनि मद्दत पुग्छ । चुम्बन गर्दा निस्कने हुने सेरोटोनिनले यो भूमिका निर्वाह गर्छ ।