९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अन्य दललाई पनि सरकारमा आउन एमालेको आग्रह

अन्य दललाई पनि सरकारमा आउन एमालेको आग्रह
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको छ ।

शुक्रवार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरणले मुलुक विद्यमान संकटलाई समाधान गर्न अनुकुलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ५ राजनीतिक दलहरु सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरुलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको बताउनु भयो ।

बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरुलाई तिब्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ । नयाँ सत्ता समिकरण मुलुकको स्वाधिनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा फलदायी हुने विश्वास पनि एमालेले लिएको छ ।

महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पु¥याउने हिसावले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पु¥याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय पनि बैठकले गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खासगरी मुलुकका सत्ता समिकरणमा आएको परिवर्तनका सन्दर्भका बारेमा बैठकमा छलफल भयो । त्यसलाई पार्टीले सकारात्मक रुपमा ग्रहण गरेको छ । र आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सृजना भएको छ । त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुराहरुमा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पु¥याउने हिसावले नेकपा एमालेको तर्फबाट हामीले सकारात्मक योगदान गर्नुपर्दछ भन्ने निष्कर्षमा हामी रहेका छौं । र, अहिलेको अवस्थामा चाँही जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरुलाई तीब्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ ।

त्यसले अनुकूलता सृजना गरेको छ भन्ने पार्टीको मान्यता रहेको कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु । र हामी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ५ राजनीतिक दलहरु नेकपा एमाले, नेकपा –माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीहरु सामेल भएर सरकार निर्माण गर्ने प्रक्रियामा अघि बढेका छौं । र त्यसमा अन्य राजनीतिक दलहरुलाई पनि यो नयाँ प्रक्रियालाई साथ र समर्थन गर्नका लागि हामीले अनुरोध गरेका छौं । र यसका माध्यामबाट हामी देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही हुन सक्दछ भन्ने सकारात्मक भावनाको विकास गर्ने प्रयास सरकारको तर्फबाट अघि बढदछ । र यो सहकार्यलाई एक प्रकारले मुलुकको स्वाधिनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा यो सहकार्य फलदायी हुनेछ भन्ने विश्वास हामीले राखेका छौं ।’

त्यसैगरी एमालेले आगामी वैशाख १० गते नेकपा स्थापना दिवस भव्य रुपमा मनाउन विशेष समारोह आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसअघि वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिनुभयो । एमालेको वार्षिक क्यालेण्डरमा नेकपा स्थापना दिवस विशेष समारोहकाबीच मनाउने तय गरिएको थियो । त्यसलाई सम्पन्न गर्ने विषयमा पनि विस्तृत छलफल गरिएको महासचिव पोखरेलले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘खासगरी हामीले पार्टी स्थापनाको ७५ औं स्थापनाको वर्षगाँठको अवसरमा विशेष कार्यक्रमहरु गर्दै जाने योजना बनाएका थियांै । र वैशाख १० गते पार्टी स्थापना दिवसको दिन एउटा विशेष समारोह आयोजना गर्ने निर्णय थियो । त्यो निर्णयको बेला हामीले देशभरका अगुवा कार्यकर्ताहरु सहभागी बनाउने निर्णय गरेका थियौं । र त्यसैको सेरोफेरोमा महाधिवेशन प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने, वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद बैठक आयोजना गर्ने र १० गते पार्टी स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेका छांै । त्यसैको तयारी कसरी गर्ने भन्ने सन्दर्भमा आज हामीले छलफल ग¥यौं ।’

एमालेले अन्तर्राष्ट्रिय महिला दिवस, महा शिवरात्री पर्व र सेना दिवस अवसरमा पनि शुभकामना दिएको छ ।