१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कार , संस्कृति गौरव र सम्पत्ति हुन्ः सभामुख घिमिरे



file photo
अ+ अ-

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्ष रहेकाले मानिसको जागरण र आत्मबोधलाई उजागर गर्न मद्दत मिलोस् भन्ने कामना व्यक्त गनुभएको छ ।

उहाँले महाशिवरात्रि पर्वका अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा धार्मिक सांस्कृतिक महत्वको महाशिवरात्रि पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव र एकता कायम गर्न सकोस् भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ ।

“महाशिवरात्रि विश्वभरका हिन्दूहरु पशुपतिनाथ मन्दिर दर्शनका लागि आउने गरेका छन्, महाशिवरात्रि पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “महाशिवरात्रि पर्वमार्फत पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ ।”

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र संस्कार एवं संस्कृतिमा फरक भएकैले नेपालीहरु आज विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् । विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, भेषभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।”

महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान् शिव उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा पुराणमा उल्लेख छ । रासस