४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काभ्रेको सुन्तलामा ‘सूक्ष्म खाद्यत्व’को अभाव, उपचार थालियो

काभ्रेको सुन्तलामा ‘सूक्ष्म खाद्यत्व’को अभाव, उपचार थालियो
अ+ अ-

काभ्रेपलाञ्चोक । पछिल्ला वर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेपलाञ्चोकको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएको छ । जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्यात्वको अभाव देखिएकाले पुर्नजागृत गराउन आवश्यक देखिएको कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ ।

सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनपछि समस्याग्रस्त सुन्तला बोटलाई पुर्नजागृत गराउन पहिलो चरणमा पनौती नगरपालिका–१० सत्यालडाँडामा रहेको पुरानो बगैँचाका सुन्तलाको बोटमा उपचार सुरु गरिएको छ । पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने र चुन तथा निलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तला बोटको उपचार थालिएको कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनुभयो ।

दवाडीका अनुसार कार्यालयले सुन्तला बोटको उपचारका लागि बाली संरक्षण प्रयोगशाला हरिहर भवनको सहयोगमा सत्यालडाँडामा रहेका सुन्तला किसानलाई निलोतुथो, कपरअक्सी क्लोराइड, हाँगा काट्ने आरी, सिकेचर, निलोतुथो, सुन्तला टिप्ने भर्‍याङ तथा १७ थान स्प्रेयर पम्प ८० प्रतिशत अनुदानमा वितरणसमेत गरिएको छ । “अन्य समस्याग्रस्त सुन्तला बगौँचामा क्रमश उपचार गर्दै किसानलाई सहयोग गर्दै जाने योजना बनाउँदै छौँ”, दवाडीले भन्नुभयो ।

सूक्ष्म खाद्यत्वसँगै जिल्लाका सुन्तला पकेट क्षेत्र तीन नगर धुलिखेल, पनौती र नमोबुद्ध तथा बेथानचोक गाउँपालिकाको बगैँचामा नाइट्रोजन, फस्फोरस र पोटासको अभाव देखिएको जनाइएको छ । अभाव हटाउन सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने, चुन र निलोतुथो, प्रोटिन बेटको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउँदा सुन्तलामा सूक्ष्म खाद्यात्व न्यूनीकरण हुँदै जाने दवाडीले बताउनुभयो ।

गत वर्ष पनौती नपा–९ स्थित पुरानो सुन्तला बगैँचा पुर्नजागृत गराउन काँटछाँट, प्रोटिन बेटको प्रयोग, निलोतुथो, चुनको प्रयोग र सूक्ष्म खाद्यात्वको प्रयोग गरी सुन्तला बोटको उपचार गर्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । दवाडीले भन्नुभयो, “जिल्लाका सुन्तला किसानलाई सूक्ष्म खाद्यात्वको प्रयोग गर्न सुझाव दिँदै आइएको छ, अब स्थानीय तहसँगको सहकार्यमा प्राविधिकसहित उपचारमा जाने छौँ ।” उहाँका अनुसार जिल्लाका सुन्तलाका बोट समस्याग्रस्त अवस्थामा रहे पनि कार्यालयमा चालु आर्थिक वर्षमा सुन्तला प्रवद्र्धनका लागि कुनै कार्यक्रम र बजेट छैन ।

रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि कार्यालयले प्राविधिक सल्लाह तथा आवश्यक औषधि वितरण गर्दै आइएको कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताउनुभयो । उहाँका अनुसार गत बर्षसम्म जिल्लाभर करिव २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । यसका कारण बोटमा रहेका सुन्तलामध्ये दश प्रतिशत कुहिएर झर्ने गर्दछ ।

गत वर्ष छ हजार पाँच सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष करिव सात हजार मेट्रिक टन सुन्तला उत्पादन भएको जनाइएको छ । जिल्लाको शङ्खु, शारदाबतासे, पनौती, बल्थली, चलाल गणेस्थान, कुशादेवी, रयाले, महेन्द्रज्योति, काभ्रे, पात्लेखेत, फूलबारी, श्यामपाटी, साँगा, जनागाललगायतका स्थानलाई सुन्तला पकेट क्षेत्र हुन् ।

कार्यालयका अनुसार जिल्लामा सुन्तला खेती हुँदै आएको हाल एक हजार दुई सय ६४ हेक्टर ९२५ हजार रोपनी० जमिनमा वार्षिक करिब सात हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको जनाएको छ । केही वर्षअघिसम्म काभ्रेपलाञ्चोकमा वार्षिक रु ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट भित्रने गर्दथ्यो । रासस