११ असार २०८३, बिहीबार
,
Latest
‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै पनि बहानामा स्थानीय चुनाव पर नधकेलियोस्ः नेपाल बार



अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएशनले स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरीत भएको बताएको छ । 

बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै समयमै निर्वाचन गर्न सरकारसँग आग्रह गरेको हो ।

स्थानीय तहको निर्वाचनका विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति बारको गम्भीर ध्यानाकर्षण भएको पौडेलले जनाएका छन् । 

कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन सार्न नहुने बारले जनाएको  छ। बारले भनेको छ, “कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्नेरनगर्ने भन्ने विषय हुनै सक्दैन।”

समयमा चुनाव नभई स्थानीय तहलाई रिक्त बनाउन कुरा संविधान विपरीत हुने बारले जनाएको छ। “कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुराले संविधान र कानून विपरीत मात्रै नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ,” विज्ञप्तीमा भनिएको छ । 

यस्तै, नेपालको संविधानले कुनै पनि तहको शून्यताको परिकल्पना नगरेको बारले उल्लेख गरेको छ। 

“नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद् र संघीय संसद्को आवधिक निर्वाचनको व्यवस्था गरेको छ। त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचन सम्बन्धी कानूनले गरेको छैन,” बारले विज्ञप्तीमा भनेको छ “नेपालको संविधान र प्रचलित निर्वाचन सम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गरी लोकतन्त्रको रक्षा र संवर्द्धन गर्ने कार्यमा लाग्न नेपाल सरकार तथा सम्बन्धित सबैसँग हार्दिक अपील समेत गर्दछौं।”