१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले गर्नुभएको बेइमानीको ढाकछोप हुँदैन: महामन्त्री थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत आफूहरुलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकुलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गर्नुभएको उहाँले बताउनु भयो । उहाँले प्रधानमन्त्रीले जति ढाकछोप गरेपनि बेइमानीको ढाकछोप नहुने बताउनु भयो । उहाँले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचन अगाडी गठबन्धन गर्नु हुँदैन थियो तर गर्‍यौँ । गठबन्धन गरिसके पछाडी यो गठबन्धन भित्र आवद्ध भएका प्रत्येक दलका सांसदहरु चाहे पुष्पकमल दाहाल हुनुहोस् । चाहे म हुँ । हामीले एक, अर्काको निर्वाचन चिन्हमा अर्को मतदाताको मत प्राप्त गरेर आएका छौँ । त्यसैले मलाई इच्छा लाग्यो, मेरो सहजता, मेरो अनुकुलताका लागि भनेर काँध फेर्ने सुविधा हामीसँग पनि थिएन । उहाँसँग पनि थिएन । तर यि सबै कुराहरुको वेवास्ता गरेर जसरी यो निर्णयमा उहाँ पुग्नुभयो र जे जति कपोकल्पित कुराहरु प्रस्तुत गरेर यसलाई ढाकछोप गर्न खोजिराख्नु भएको छ, जति ढाकछोप गरेपनि बेइमानी ढाकछोप हुँदैन । उहाँले शीर छोप्न खोज्नुभयो भने पैताला देखिन्छ । पैताला छोप्न खोज्नुभयो भने शीर देखिन्छ । प्रतिपक्ष दलमा बसिराख्नुभएको केपी शर्मा ओली स्वयम् आफुलाई पनि पुष्पकमल दाहालले अगाडी उभिएर बोलिराख्दाखेरी कुनैपनि बेला यसले धोका दिन सक्छ भन्ने उहाँको मनमा खेलिरहेको छ भन्ने मलाई महशुस भयो त्यहाँको हाउभाउ हेर्दाखेरी । यो सरकार लामो जान्छ भन्नेकुरा सरकारमा बसेका कसैलाई पनि भरोसा छैन । अनुसन्धान भइरहेको बेलामा अनुसन्धान प्रभावित हुनसक्ने हुँदा अनुसन्धान भइरहेका कुनैपनि व्यक्ति मन्त्रीको रुपमा रहनु हुँदैन । जबसम्म ति मन्त्रीका रुपमा रहन्छन् तबसम्म संसद चल्दैन भनेर यो संसद अवरुद्ध भएको हो । आज संसद खुल्यो । त्यो प्रश्न यो संसदभित्र उठेको हो । आसन फेरियो, भाषण फेरियो तर त्यो प्रश्न यहाँ जस्ताको तस्तै छ । त्यो प्रश्नको जवाफ नखोजिकन संसद यत्तिकै अगाडी बढ्न सक्ला र ?’

उहाँले नेपाली काँग्रेस गठबन्धनलाई ०८४ सालसम्म लैजानका लागि प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । —न्युज एजेन्सी नेपाल