५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई माओवादीको जवाफः ‘उथलपुथल सक्नेले गर्ने हो’



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्त गर्नुभएको उथलपुथल शब्दलाई लिएर आतंकित हुन आवश्यक नरहेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गिरिजाप्रसाद कोईरालाले दिएको जिम्मेवारी आजका दिनमा प्रधानमन्त्री दाहालले प्रयोग गरिरहेको बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन धेरै अघि बढिसकेको कुरामा नेपाली काँग्रेसले पुनः माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर बिना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर दस्ताबेजमा छलफल गर्नु उपयुक्त नभएको ठहर माओवादीको रहेको बताउनु भयो ।

सांसद पौडेलले उथलपुथल सक्नेले गर्ने जवाफ काँग्रेसलाई जवाफ दिनुभयो । काँग्रेसले प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले उथलपुथल शब्द प्रयोग गरेकोप्रति आपत्ति जनाउनुभएको थियो । केही दिनअघि प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा आफू बाचुन्जेल उथलपुथल भइरहने अभिव्यक्ति दिनुभएको थियो । सशस्त्र जनयुद्ध आवश्यकता भएकाले गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गिरिजाप्रसाद कोईरालाले ठिकै व्यक्ति छान्नुभएछ । अब यो देश सबै हिसावले तपाईंले सम्हाल्नुहोला भने कमरेड प्रचण्ड जो आजको प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई जिम्मा लगाएको कुरा साचो हो । आज प्रधानमन्त्रीले उथलपुथल शब्दको प्रयोग गर्नुहुन्छ, कोही पनि आतंकित हुन जरुरी छैन । मान्यज्युहरु आतंकति हुन जरुरी छैन । गिरिजाप्रसाद कोईरालाले दिएको जिम्मेवारी प्रधानमन्त्रीज्युले प्रयोग गर्दै हुनुहुन्छ ।

अस्ति भर्खरको सम्मानित राष्ट्रपतिको निर्वाचनको बेलामा थियो होला नि त प्रधानमन्त्रीलाई अर्कै प्रश्ताव । तर राष्ट्रपति मिलेर गरौँ भनेर पहल गरेको कुरा बिर्सिनु भयो । शान्ति प्रक्रियाका बाँकी कार्यभार टुंग्याउने कुरामा हामी सबैले हस्ताक्षर गरेका छौँ । हामी धेरै अघि बढिसकेका छौँ । त्यो कोर्समा प्रवेश गरेका छौँ । त्यो कोर्स सबै मिलेर पूरा गर्नुछ ।

यो बेलामा माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर बिना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर यो दस्ताबेज अहिलेको नेपाली काँग्रेसको दलमा छलफल भएको छ । हामीले सात सालमा नेपाली काँग्रेसलै बनाएको क्रान्ति सेनाका बारेमा त प्रश्न उठाएका छैनौँ । सशस्त्र जनयुद्ध पनि आवश्यकता थियो र गरियो । सक्नेले उथलपुथल गर्ने हो ।’

सांसद पौडेलले एजेण्डा र विषयमा मिल्नेहरुसँग मिल्दै जाने बताउनु भयो ।