२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई लागेको चोटमा एमाले मलमपट्टी गर्न तयार छः उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्ताबाट मुक्त भएको कांग्रेसलाई धैर्यता राख्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले कांग्रेसलाई लागेको चोटमा एमाले मलमपट्टी गर्न तयार रहेको बताउनुभयो ।

संविधानले नै व्यवस्था गरेको छ, दलहरूबीच सहकार्य हुन्छ सरकार निर्माण गरिन्छ । दलहरू मिलेर सरकार बनाउन सक्छन् भनेपछि सरकार सञ्चालन गर्न सक्छन् कि सक्दैनन् ? संविधानले दिएको अधिकार हामीले प्रयोग गर्न पाउँछौँ कि पाउँदैनौँ ? त्यसो भए त सहकार्य र गठबन्धन केवल कांग्रेससँग मात्रै गर्न पाइन्छ भन्ने र लेख्नुपर्थ्यो नि । उहाँले भन्नुभयो ।

समीकरण परिवर्तन हुने स्वाभाविक संसदीय अभ्यासको रूपमा लिनुपर्ने उहाँको सुझाव छ ।