३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाट अश्विनकी आमाले होश आएर भनिन् – ‘टेस्ट म्याच चलिरहेको छ, फर्किउ’



अ+ अ-

एजेन्सी । दिग्गज अफ स्पिनर रविचन्द्रन अश्विनले आफ्नो १०० औं टेस्ट अघि भनेका छन् कि उनी आईसीयू ओछ्यानमा सुतिरहेकी उनकी आमा चित्रा रविचन्द्रनबाट राँची टेस्ट खेल्न प्रेरित थिए ।

३७ वर्षीय यी अनुभवी स्पिनरले क्रिकइन्फोलाई भने – ‘जब म अस्पताल पुगेँ, मेरी आमा होश आएपछि फेरि बेहोस हुन लाग्नुभाथ्यो । मलाई त्यहाँ देखेपछि उहाँले पहिलो कुरा साध्नुभो, ‘तिमी किन आयौ ? अर्को पटक होश आयो, उहाँले भन्नुभयो, ुमलाई लाग्छ तिमी फर्किनुपर्छ, किनकि टेस्ट म्याच चलिरहेको छ ।’

तेस्रो टेस्टको दोस्रो दिन अश्विनले ५०० टेस्ट विकेट पूरा गरे । उनी अनिल कुम्बलेपछि ५०० टेस्ट विकेट लिने दोस्रो भारतीय बलर बनेका छन् । खेलको दोस्रो दिन अश्विनले आफ्नी आमा बिरामी भएको थाहा पाए । आमाको अस्वस्थताका कारण तेस्रो खेलको दोस्रो दिन सकिएपछि उनी चेन्नई फर्किएका थिए र बिदामा रहेकाले तेस्रो दिन मैदानमा उत्रेका थिएनन् ।

अश्विनकी आमा बेहोस भएर अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । अफ स्पिनरले आफ्ना आमाबुवा रविचन्द्रन र चित्राको त्याग सम्झँदै भावुक हुँदै भने, ‘मलाई क्रिकेटर बनाउन दुवैले धेरै त्याग गरेका थिए ।’