१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउनेछु: परराष्ट्रमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ ।

बुधवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले नेपालले कुटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ गर्न, उन्नत बनाउने प्राथमिकताका साथ काम गर्ने बताउनु भयो । उहाँले सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा आफ्नो भुमिका रहने बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुको रक्षा गर्नेकुरा आफ्नो कार्यभारका रुपमा लिएको बताउनु भयो । उहाँले गैर आवासीय नेपालीहरुको लगानीलाई नेपालको विकासका निम्ति परिचालित गर्न प्रोत्साहित गर्ने पनि बताउनु भयो । कुटनीतिक आचारसंहीताको कार्यान्वयनमा आफूले विशेष जोड दिने पनि बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय हित अनुकुल हुने वैदेशिक रकम मात्रै स्वीकार गर्ने बताउनु भयो । राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

उपप्रधान एवं पराष्ट्रमन्त्री श्रेष्ठले राजदुत नियक्तिको मापदण्डलाई पर अब्जेक्टिभ बनाउने बताउनु भयो । स्वतन्त्र परराष्ट्रनीतिको अवलम्वन गर्नेगरी कुटनीतिक शिष्टता कायम राख्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिर: प्रदीप राज वन्त रासस